Skip to main content
Text Size A A A

हाम्रो बारेमा

नेपालको सविधान (२०७२) को धारा २४८ अनुरुप स्थापित राष्ट्रिय मानव अधिकार आयोग एक स्वतन्त्र र स्वायत्त निकाय हो । संविधानको धारा २९३ बमोजिम प्रतिनिधि सभाका समितिले राष्ट्रिय मानव अधिकार आयोग बाहेकका अन्य सवैधानिक निकायको प्रतिवेदन लगायतका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन सक्नेछ । हाल आयोगमा केन्द्रीय कार्यालय, सातवटा प्रदेशमा प्रदेश कार्यालय र तीनवटा प्रदेशमा प्रदेश शाखा कार्यालयहरु रहेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगमा सबै नागरिक र मानिसहरुको सहज पहुँच पुगोस भन्ने उद्यश्यले वि.सं.२०६१ साल माघ २६ गते क्षेत्रीय कार्यालय विराटनगरमा स्थापना भएको थियो । यस कार्यालयको स्थापना भएसंगै यस कार्यालयको क्षेत्राधिकार भित्रका जिल्लाहरुमा मानव अधिकार सम्बन्धी विविध गतिबिधिहरू सञ्चालन हुँदै आइरहेको छ । नेपालको संविधान २०७२ को प्रस्तावनाले नेपालाई संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था कामय गरेकोले साथै देश संघीयतामा रुपान्तरण भएकोले आयोगको संरचनापनि संघीय व्यवस्था बमोजिम निर्माण गर्ने गरी राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ को दफा २७ बमोजिम आयोगको मिति २०७५/३/८ को बैठकको निणर्यानुसार संघीय संरचना अनुसार आयोगको संगठन संरचना तथा दरवन्दी स्वीकृतिका लागि नेपाल सरकारलाई सिफारिस गरी पठाईसकिएको सन्दर्भमा आयोगको निणर्यानुसार सम्बन्धीत प्रदेशको नामाकरण भइसकेपछि सोही अनुसार गर्ने गरी यस कार्यालयको साइनबोर्ड र कार्यालयको पत्राचार कोशी प्रदेश कार्यालय विराटनगरको नामबाट गर्ने गराउने व्यवस्था मिलाउन निणर्यानुसार सूचित गरिएकोले सोही बमोजिम यस कार्यालयलाई राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय, विराटनगर नामाकरण गरिएको हो । यस प्रदेशको समग्र मानव अधिकारको चित्रण सहित मानव अधिकारका सवालहरूमा केन्द्रित रही यस कार्यालयले अनुगमन र अनुसन्धान सम्बन्धी कार्यलाई निरन्तर रूपमा अगाडी बढाइरहेको छ । यस कार्यालयबाट सम्पादित गतिविधि, अनुगमन तथा अनुसन्धानबाट प्राप्त प्रतिवेदनको निष्कर्ष प्रेस–विज्ञप्ति, पत्रकार सम्मेलन आदि मार्फत मानव अधिकारको स्थिति र अवस्थालाई सेवाग्राही तथा जनसमक्ष प्रकाश पार्ने क्रम निरन्तर रुपमा भइ रहेको छ ।